राजनीति


स्थापना दिवसमा सिले भनेः चीनलाई कसैले कहिल्यै रोक्न सक्दैन

स्थापना दिवसमा सिले भनेः चीनलाई कसैले कहिल्यै रोक्न सक्दैन

नेपालखबर
असोज १४, २०७६ मंगलबार ७:३१,

यस अवसरमा चिनियाँ सेनाले विशाल सैन्य परेड निकालेका छन्। विशाल सैन्य शक्ति प्रदर्शन गर्दै सेनाले देशभक्ति गीत गाएका छन्।

वितेको ७० वर्षमा चीन एक गरिब मूलुकबाट विश्वको दोस्रो ठूलो अर्थव्यवस्था बनेको छ। उसले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभाव बढाएर विश्वलाई आश्चर्यमा पारेको छ।

कम्युनिस्ट शासनको ७० औं वार्षिकोत्सवको उपलक्ष्यमा तिएनमेन स्क्वायरमा भव्य कार्यक्रमको आयोजना गरिएको छ।

Image result for xi

यस स्थानमा सन् १९८९ मा मानिसहरुले कम्युनिस्ट शासनको विरोधमा लोकतन्त्रको समर्थन गर्दै विशाल प्रदर्शन गरेका थिए।

कार्यक्रम उद्घाटन गर्दै चीनका राष्ट्रपति सि चिनफिङले चीनलाई कसैले रोक्न नसक्ने बताए। उनले भने,‘कुनै पनि शक्तिले चीनलाई अघि बढ्नबाट कहिल्यै पनि रोक्न सक्नेछैन।’

चीन

सेनको परेडको अलवा चीनमा यतिबेला आम मानिसहरुले पनि खुशीयाली मनाइरहेका छन्। सर्वसाधारण, बालबच्चादेखि सबै क्षेत्रका मानिसहरुले उत्सव मनाइरहेका छन्।

तिएनमेन स्क्वायरमा माओत्सेतुङको विशाल तस्बिर राखिएको छ। ‘कम्युनिस्ट पार्टी बिना चीन रहँदैन’ भन्ने नारा लगाइएको छ।

चीन

सेनाले ब्यालेस्टिक क्षेप्यास्त्र, ट्यांक, ड्रोनसहित अत्याधुनिक हतियारसहित शक्ति प्रदर्शन गरेका छन्। चीनले उत्सव मनाइरहँदा भने हङकङमा चीन विरोधी प्रदर्शन भएको छ।

चीन

चीन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad