एनसीसी बैंकले काठमाडौँको महाराजगञ्जस्थित शिवपुरी माध्यामिक विद्यालयलाई ४ लाख आथिृक सहयोग प्रदान गरेको छ।
बैंकले शुक्रबार एक कार्यक्रमकाबीच चार लाख रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गरेको हो।
विद्यालयमा अध्ययनरत स–साना नानीहरुका लागि सूचना प्रविधिमा पँहुच पु¥याउन टिभी तथा आवश्यक सामग्रीका साथै खेलकूदका सामग्रीको व्यवस्थापन गर्नको निम्ति बैंकको सो रकम हस्तान्तरण गरेको जनाएको छ।
उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले विधालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीलाई हस्तान्तरण गरेका हुन्।
3
Shares

प्रतिक्रिया