कारोबार


विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको ओएन्डएम टुंगियो, ४ नयाँ विधेयक निर्माण थाल्दै

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको ओएन्डएम टुंगियो, ४ नयाँ विधेयक निर्माण थाल्दै

नेपालखबर
असार १५, २०८३ सोमबार १३:३७, काठमाडौँ

भर्खरै गठन भएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) तयार गर्ने काम सकिएको छ।

ओएन्डएम तयार भएसँगै अब उक्त मन्त्रालयलाई आवश्यक विधेयक निर्माणको काम सुरु गरिने भएको हो।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विधेयक निर्माणका लागि कम्तीमा चार महिना लाग्ने बताए। 

मन्त्रालयलाई आवश्यक पर्ने विज्ञान, प्रविधि तथा नवप्रवर्तन विधेयक, नवप्रवर्तन तथा स्टार्टअप प्रवर्द्धन विधेयक, उन्नत औद्योगिक प्रविधि (इन्डस्ट्री ४.०/५.०) प्रवर्द्धन विधेयक र रासायनिक पदार्थ व्यवस्थापन विधेयक निर्माणको काम थालिने मन्त्री पुनले जानकारी दिएका छन्।

यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ऐन २०४९ लाई संशोधन गर्ने तयारी मन्त्रालयको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad