उच्चपदस्थ व्यक्तित्वका लागि भन्दै नेपाली सेनाले नयाँ हेलिकप्टर काठमाडौं ल्याएको छ। उक्त हेलिकप्टर आज अपराह्न साढे ३ बजे त्रिभुवन विमानस्थल आइपुगेको हो।
झण्डै डेढ अर्बमा उक्त हेलिकप्टर काठमाडौंमा अवतरण गरेको विमानस्थलले जनाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणमा ९एन–पीएमए कलसाइनमा दर्ता भएको हेलिकप्टर सेनाको मातहतमा रहनेछ।
यसमा आठ जनाको क्षमता रहेको बताइएको छ।

प्रतिक्रिया