कारोबार


सिद्धार्थ बैंकद्वारा २५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकद्वारा २५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव

नेपालखबर
भदौ ३१, २०७६ मंगलबार १३:४९,

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५।७६ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

सेमबार बसेको सञ्चालक समितिको ३२३ औँ बैठकले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभाशंको कर प्रयोजनका लागि समेत) गरी कुल २५.२६ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको हालको चुक्ता पूँजी आठ अर्ब ८८ करोड ७६ लाख चार हजार पाँच सय ४० रुपैयाँमा १० प्रतिशत बराबरको रु ८८ करोड ८७ लाख ६० हजार चार सय ५४ रुपैयाँ बोनस शेयर तथा १५.२६ प्रतिशत बराबरको रु एक अर्ब ३५ करोड ६५ लाख २९ हजार एक सय १४ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो। उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति पश्चात साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ।

सिद्धार्थ बैंकले हाल देशभर १६७ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १८२ एटीएम र १,५०० भन्दा बढीपी ओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .