कारोबार


झ्याप–झ्याप बत्ती जान थालेपछि ऊर्जा मन्त्रालयले बनायो सहसचिवको अध्यक्षतामा विशेष कार्यदल

झ्याप–झ्याप बत्ती जान थालेपछि ऊर्जा मन्त्रालयले बनायो सहसचिवको अध्यक्षतामा विशेष कार्यदल

नेपालखबर
असार २३, २०८३ मंगलबार १७:२२, काठमाडौँ

देशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति पटक–पटक अवरुद्ध हुने तथा झ्याप–झ्याप जाने समस्या बढ्दै गएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समस्या समाधानका लागि सक्रिय पहल थालेको छ।

यसका लागि मन्त्रालयले सहसचिवको अध्यक्षतामा विशेष कार्यदल गठन गरेको हो।

कार्यदललाई विद्युत् अवरोधका कारणहरूको अध्ययन, समस्या समाधानका उपायहरूको कार्यान्वयन तथा जनताले भोगिरहेका समस्याको प्रभावकारी सम्बोधन भए–नभएको सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले जनताको गुनासो र समस्या तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। यदि लापरवाही वा कमजोरी देखिएमा आवश्यक कारबाहीको दायरामा ल्याउन समेत उनको निर्देशन छ।

मन्त्रालयले विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र नियमित बनाउँदै उपभोक्ताको विश्वास कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad