यसपालिको महान् चाडपर्वलाई लक्षित गरी नेपालको चर्चित ब्रान्ड सीजीले ‘सीजीसँग उत्साह उमंग, थाइल्याण्ड जाऊँ परिवारसँग’ नामक स्किम ग्राहकहरुको लागि बजारमा ल्याएको छ। जसमा सीजी ब्रान्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक ‘स्योर सट’ उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
प्रत्येक टिभी र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशतसम्मको ‘महा क्यासब्याक’ पाउन सकिनेछ। लक्की ड्रमार्फत बम्परमा पाँच जना भाग्यशाली जोडीलाई थाइल्याण्ड घुम्ने सुवर्ण अवसर मिल्ने पनि कम्पनीले जनाएको छ। सीजीको सामान खरिद गरी ‘सीजी स्पेस नाम स्पेस मोडल नं. स्पेस सिरियल नं. स्पेस ठेगाना’ टाइप गरी ३४३४३ मा एस.एम.एस मार्फत बम्पर उपहारको लागि सहभागिता जनाउन सकिनेछ।
यो योजना आउँदो २० गतेदेखि सीमित अवधिको लागि नेपाल अधिराज्यभर लागू गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया