कामना सेवा विकास बैंक लिमिटेड र इष्टर्न एजेन्सिज प्रालिबीचमा व्यापार सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार इष्टर्न एजेन्सिज प्रालिमार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा आइचरका विभिन्न प्रकारका सवारीसाधनहरुमा कर्जा सुविधा लिन सक्नेछन्। सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इष्टर्न एजेन्सिज प्रालिको तर्फबाट प्रबन्धक निर्देशक डिम प्रसाद पौडेलले हस्ताक्षर गरेका थिए।
बैंकको केन्द्रीय कार्यालय काठमाडौंको ज्ञानेश्वरमा रहेको छ। देशका विभिन्न स्थानमा ९८ वटा शाखा तथा ४५ वटा एटीएममार्फत बैंकले सेवा दिँदै आएको छ।
3
Shares

प्रतिक्रिया