भारतले अन्तरिक्षमा महाशक्ति बन्ने महत्वाकांक्षा पुरा गर्न लागेको छ।
चन्द्रयान २ अभियान अन्तर्गत पठाइएको चन्द्रयान चन्द्रमाको सतह नजिक पुगेको भारतीय अन्तरिक्ष संस्था इसरोले जनाएको छ।
इसरोका अनुसार यदी सबै योजनाअनुसार अगाडि बढे चन्द्रयानले आउने शनिबार अर्थात् सेप्टेम्बर ७ मा चन्द्रमामा अवतरण गर्नेछ। भारतले अन्तरिक्षमा नयाँ इतिहास रच्नेछ।
यसअघि चन्द्रयान १ अभियान अन्तर्गत भरतको अन्तरिक्षयान चन्द्रमाको सतहमा पुग्न असफल भएको थियो।
यदी यो अभियान पुरा भए भारत अमेरिका, चीन र रुसपछि चौथो मूलुक हुनेछ, जसले चन्द्रमामा चन्द्रयान अवतरण गराउनेछ। भारत अन्तरिक्षमा महाशक्ति बन्नेछ।
यस्तै भारत चीनपछि दोस्रो मूलुक हुनेछ जसको चन्द्रयान चन्द्रमामा टाढाको स्थानमा पुग्नेछ।
गत जुलाई २२ तारिखमा चन्द्रयान २ सतिश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रमाका लागि उडेको थियो। एजेन्सी

प्रतिक्रिया