कारोबार


११औं कृति अवार्डः ३१ विधाका उत्कृष्ट विज्ञापन सम्मानित

११औं कृति अवार्डः ३१ विधाका उत्कृष्ट विज्ञापन सम्मानित

नेपालखबर
भदौ १६, २०७६ सोमबार ७:५६,

२०६० सालदेखि गरिँदै आएको कृति अवार्डको ११औं संस्करण ‘नेपाल आइस ११औं कृति अवार्ड होटल सोल्टीमा आइतबार सम्पन्न भएको छ। कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्रि गोकुल प्रसाद बाँस्कोटाको पनि उपस्थिति रहेको थियाे। मन्त्री बाँस्कोटाले नेपालमा क्लिन फिड लागू भइसकेको परिप्रेक्ष्यमा कार्यान्वयनका लागि सरोकारवालाहरुसँग समन्वय गरी नियमावली र कार्यविधि निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएको नेपाल विज्ञापन संघ (आन)ले जनाएको छ।

नेपाल विज्ञापन संघद्वारा आयोजित उक्त कार्यक्रममा ३१ विधाका उत्कृष्ट विज्ञापनहरुलाई अतिथिहरुबाट अवार्डसहित खादा प्रदान गरी सम्मान गरिएको थियो । सात सयभन्दा बढी दर्शकबीच गरिएको यो समारोहमा दिपक राज गिरी तथा केकी अधिकारीलगायतका कलाकारको पनि सहभागिता रहेको थियो। 

nep advt

११औं कृति अवार्डसको मुख्य प्रायोजक नेपाल आइस, पावर बाई सिजी सिमेन्ट, इन एसोसिएसन विथ नेपाल टेलिकम रहेका थियो । साथै बैकिङ पार्टनर मुक्तिनाथ विकास बैंक अन्य प्रायोजकहरुमा कृषि विकास वैक लिमिटेड, नेपाल मेडिसिटी हस्पिटल, हिमाल रेमिट, यति कार्पेट, सफ्टि हाइजिन, जेबी टेलर्स, नेपाल टुरिज्म वोर्ड र सोल्टी होटललाई सम्मान–पत्र दिइएको थियो ।

nep advt 3

३१ विधाको अवार्डस्का लागि ६१ एजेन्सीले सहभागीता जनाएकोमा विभिन्न एजेन्सीहरुले पुरस्कार पाएका छन्। अभानि–६, बिजनेस एडभान्टेज–६, प्रिज्मार्क–४,आउटरिच–४, भिचित्र–३, कन्सल्टवान–३, डिजिटलइन–३ कि एडभरटाजिङ–२, ओर्जिनल इन्टरमेन्ट–२, मिटिङ प्वाइन्ट–२, एड डिजाएर –१, एएनएस–१, क्रियो कम्युनिकेसन–१, डिजि एडभरटाइजिङ–१, फुलसर्कल –१, इम्प्याक्ट–१, मेकवेज–१, एम म्याक्स कन्सर्न –१, मार्स एडभरटाईजङ एण्ड रिसर्च –१, मिडिया जर्नल–१, द स्क्वाएर डिजाइन –१, ह्वाइट फिएदर –१ रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad