राजनीति


भारत–पाकिस्तानबीच युद्ध भए यो छोटो समयमा रोकिने छैनः इमरान खान

भारत–पाकिस्तानबीच युद्ध भए यो छोटो समयमा रोकिने छैनः इमरान खान

नेपालखबर
भदौ १६, २०७६ सोमबार ७:४२,

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आतंकवादको धर्मसँग कुनै सम्बन्ध नहुने बताएका छन्।

उनले मुसलमान धर्म शान्तिको धर्म भएको बताउँदै आतंकवादको धर्म नहुने बताएका हुन्।

इस्लामिक सोसाइटी अफ नर्थ अमेरिका आइएसएनएको ५६ औं सम्मेलनलाई संवोधन गर्दै खानले आइतबार इस्लामले शान्ति सिकाउने बताउँदै कुनै एक व्यक्तिको अपराधलाई लिएर धर्मलाई दोष दिन नहुने बताए।

उनले अपराधलाई मुसलमान धर्मसँग मुछेर धर्मको अपमान र बदनाम गर्न खोजेकोभन्दै उक्त कार्य गलत भएको बताए।

खानले भने,‘आतंकवादलाई धर्मसँग जोड्नु हुँदैन। आखिर मुसलमानलाई शंकास्पद रुपमा किन हेरिन्छ? युरोपमा पनि मुसलमानको धार्मिकस्थलमा आक्रमण हुन्छन्। अमेरिकामा ट्वीन टावर आक्रमण अगाडि तमिल टाइगरले आत्मघाती आक्रमण गर्दथे। आतंकवाद कसैको धर्मसँग जोडिएको हुँदैन। भारतले त कस्मिरको संघर्षलाई पनि आतंकवादसँग जोड्दछ।’

त्यसक्रममा खानले कस्मिरको विषयलाई लिएर भारतसँग जारी तनावको विषयमा पनि बोले। उनले भने,‘यदी परमाणु शक्ति सम्पन्न देशबीच युद्ध भए यो छोटो युद्ध हुनेछैन।’

खानका अनुसार भारतमा अझै नेहरु र गान्धीको विचारधारालई पछ्याउने मानिसहरु पनि छन्। यद्यपी भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि अवस्था फेरिएको खानको तर्क छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad