कारोबार


सशस्त्र प्रहरीद्वारा १ अर्ब बढीका चाेरी पैठारीका सामान बरामद

सशस्त्र प्रहरीद्वारा १ अर्ब बढीका चाेरी पैठारीका सामान बरामद

नेपालखबर
भदौ ५, २०७६ बिहिबार ११:३,

सशस्त्र प्रहरी बलले बितेका पाँच वर्षमा १ अर्ब २४ करोड ८८ लाख रुपैयाँ बराबरका चोरी पैठारी निकासीका सामान बरामद गरेको छ।

सशस्त्रका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरज कुमार श्रेष्ठले बुधबार संगठनबाट भए/गरेका कामकारबाहीबारे जानकारी गराएका हुन्।

प्रवक्ता श्रेष्ठका अनुसार सशस्त्रले आर्थिक वर्ष २०७१/०७२ मा २० करोड ८६ लाख ७४ हजार ३ सय ५९ रुपैयाँको सामान बरामद गरेको थियो। त्यस्तै आव ०७२/०७३ मा २४ करोड ३१ लाख ४३ हजार १ सय १४ रुपैयाँको, आव ०७३/०७४ मा २१ करोड ५९ लाख ५७ हजार ९ सय ८४ रुपैयाँको चौरी पैठारी निकासीका सामान बरामद गरेको छ। त्यस्तै ०७४/०७५ मा १४ करोड ४२ लाख ४० हजार ९ सय २० रुपैयाँको र आव ४३ करोड ७० लाख ९१ हजार ७ सय ३० रुपैयाँको चोरी निकासीका सामान बरामद गरेको छ।

४१ थान हतियार र सयाैँ किलो लागूऔषध बरामद
त्यस्तै गत आवमा ४१ थान हातहतियार, २ सय ५८ राउन्ड गोली र म्यागजिन १३ वटा बरामद गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

यो अवधिमा सशस्त्रले ९ सय ६७ किलो गाँजा, २७ सय नाइट्रोजन ट्याबलेट, ५४ सय नाइट्रोभेट ट्याबलेट, ५ हजार फेनारगन ट्याबलेट, ३४ सय स्पास्मो प्रोक्सिभन ट्याबलेट, २८ सय डाइजिपाम ट्याबलेट, ४९ सय नुफिन ट्याबलेट र २१ अन्य लागूऔषधजन्य पदार्थ बरामद भएको सशस्त्रले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .