कारोबार


निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिन स्वास्थ्यमन्त्रीसँग महासंघको आग्रह

निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिन स्वास्थ्यमन्त्रीसँग महासंघको आग्रह

नेपालखबर
असार १, २०७८ मंगलबार १३:५२,

नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिन माग गरेको छ।

महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेर बहादुर तामाङसँग भेट गरी कोरोना भाइरसविरुद्ध खोपको व्यवस्था गर्न माग गरेको हो।

महासंघको टोलीले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी/श्रमिक/कामदार/कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको हो।

सो अवसरमा महासंघका तर्फबाट समग्र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रका उद्यमी व्यवसायीले निषेधाज्ञा र बन्दाबन्दीका समयमा अग्रभागमा रहेर उपभोग्य वस्तुहरूको निर्वाध उत्पादन र वितरणका लागि काम गरीरहेकाले यो क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइयो। जीर्ण भएको अर्थतन्त्रको चक्का चलाउन, अर्थतन्त्रलाई लयमा फर्काउन र सरकारका आर्थिक लक्ष्यलाई पुरागर्न समेत यो वर्गलाई खोपमा पहिलो प्राथमिकतामा राख्नुपर्नेमा अध्यक्ष गोल्छाले जोड दिए।

‘महासंघका सदस्य जिल्ला÷नगर उद्योग वाणिज्य संघहरू, वस्तुगत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरू र एसोसिएट अन्तरगतका सबैलाई अवको प्राथमिकतामा खोप दिने व्यवस्था मिलाइयोस’, अध्यक्ष गोल्छाले स्वास्थ्यमन्त्रीसँगको भेटमा भने।

भेटवार्तामा मन्त्री तामाङले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी र यस क्षेत्रमा कार्यरत सम्पूर्ण कामदार कर्मचारीहरूलाई पहिलो प्राथमिकतामा राखेर कोभिड विरुद्धको खोप उपलव्ध गराउने प्रतिवद्धता जनाए।

कोभिडले समग्र अर्थतन्त्रनै जर्जर बनाएकाले अर्थतन्त्रलाई तत्काल तङग्रने वातावरण बनाउन यस क्षेत्रमा जोडिएका सबैलाई खोप दिई काममा फर्काउन जरूरी भएको कुरालाई सरकारले मनन गरिसकेकाले उद्योग व्यवसायसँग प्रत्यक्ष जोडिएको जनशक्तिलाई खोप लगाउन आफूले पहिलो प्राथमिकता दिएर जाने विश्वास दिलाए।

प्रतिनिधिमण्डलमा भेटमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र महासंघको चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकाश अधिकारीको पनि सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .