समाज


आज राति अधिकांश स्थानमा मध्यमसम्म र केही ठाउँमा निकै ठूलो वर्षाको सम्भावना

आज राति अधिकांश स्थानमा मध्यमसम्म र केही ठाउँमा निकै ठूलो वर्षाको सम्भावना

नेपालखबर
असार १, २०७८ मंगलबार १३:३३,

मनसुन प्रवेश गरेयता देशमा लगातारजसो वर्षा भइरहेको छ।

यो खबर लेखिँरहँदा पनि गण्डकी, लुम्बिनी र बागमती प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले मंगलबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति देशका अधिकांश स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस क्रममा वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने सम्भावना छ भने गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।

मौसमविद्का अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी तथा १०० मिलिमिटरभन्दा माथिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ।

आजबाट मनसुन थप सक्रिय भएकाले वर्षाको मात्रा बढ्दै गएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

आज साँझ ६ बजे जारी चेतावनीमा भनिएको छ : देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केही भूभागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारि वर्षा हुने सम्भावना रहेको हुनाले उक्त प्रदेशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .