कारोबार


बजेट भाषण जारी (लाइभ)

बजेट भाषण जारी (लाइभ)

नेपालखबर
जेठ १५, २०७८ शनिबार १०:२१,

सरकारले आर्थिक वर्ष ०७८/०७९ को बजेट ल्याएको छ। अहिले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण गरिरहेका छन्।

चौतर्फी विरोधका बीच सरकारले अन्ततः अध्यादेशबाट आज पूर्ण आकारको बजेट ल्याएको हो। 

संसद् विघटन भएका कारण यसपटक अध्यादेशमार्फत सरकारले नयाँ बजेट ल्याएको हो। बजेट भाषण सुरु गर्नुअघि अर्थमन्त्री पौडेलले कोरोनाका कारण नेपालीले ठूलो संख्यामा मृत्युवरण गर्नुपरेकोमा दुःख व्यक्त गरे। ‘कोरोना रोकिने समय र यसको प्रभाव एकीन हुनसकेको छैन’, उनले भने।

मेलम्ची सञ्चालनमा आएको, ढलेको धरहरा उठेको, सडक पूर्वाधार, भूकम्पपछिको पुनर्निर्माण, तामाकोशी जलविद्युतले पूर्णता पाएको उनले बताए। नेपालको संविधान, चुनावी घोषणपत्र, पन्ध्रौँ योजना, दीगो विकास लक्ष्य प्राप्तिलाई आधार मानी बजेट ल्याइएको उनले बताए।

जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता रहेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यस अघि बजेटसम्बन्धी तीनवटा अध्यादेश जारी गरेकी थिइन्।

भिडिओ : 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad