कारोबार


शुक्रबारदेखि किराना पसल बन्द हुने भएपछि किनमेलमा बढ्यो भिड (फोटो फिचर)

शुक्रबारदेखि किराना पसल बन्द हुने भएपछि किनमेलमा बढ्यो भिड (फोटो फिचर)

सुजन श्रेष्ठ
जेठ १२, २०७८ बुधबार ५:४४,

सरकारले गतमहिनादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई शुक्रबारदेखि थप एक साता बढाउने र थपिएको अवधिमा झनै कडाइ गर्ने बताएपछि बुधबार बिहान काठमाडौंको बजारमा चहलपहल झन् बढेको थियो।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको मंगलबार बसेको बैठकले शुक्रबारदेखि खाद्यान्न पनि किनबेच गर्न नपाइने निर्णय गरेपछि काठमाडौंवासीले दैनिक उपभोग्य सामानको किनमेल बढाएका हुन्।

अहिलेसम्म बिहान १० बजेसम्म किराना पसल खोल्न पाउने व्यवस्था थियो। शुक्रबारदेखि अरु पसल ठप्प पारे पनि तरकारी तथा फलफूल पसल भने खोल्न दिइने छ।

बुधबार बिहान काठमाडौंका मैतिदेवी, गल्कोपाखा, गोंगबू लगायतका स्थानमा मानिसहरु अत्यावश्यक वस्तु किन्न व्यस्त देखिन्थे भने बजारमा चहलपहल बढेको थियो।

lockdown market 2
lockdown market 3
lockdown market 4
lockdown market 5
lockdown market 6

यो पनिः
काठमाडौंका सीडीओ भन्छन्ः एक हप्ता ठप्प हुन्छ, पुग्ने खाद्यान्न किनेर राख्नुस् 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad