ad ad

कारोबार


साउदीका लागि नेपाली राजदूतलाई चेम्बरले भन्योः लगानी भित्र्याउन पहल गर्नुहोस्

साउदीका लागि नेपाली राजदूतलाई चेम्बरले भन्योः लगानी भित्र्याउन पहल गर्नुहोस्

नेपालखबर
भदौ १, २०७६ आइतबार १२:१२,

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले आज साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र सिंहसँग भेट गरेका छन्। चेम्बर अफ कमर्सको सचिवालय जमलमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले साउदी अरेबियाका लागि नेपाली राजदूत सिंहसँग साउदी अरेबियासँग लगानी, व्यापार, श्रम र आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताए।

उनले वैदेशिक रोजगारीका लागि साउदी अरब प्रमुख स्थान भएको उल्लेख गर्दै दूतावासले पुर्‍याएको कार्यका सह्राहना गरे। उनले दुई देशबीच व्यापारिक, आर्थिक एवं लगानीको सम्बन्ध, विकास एवं सुदृढ गर्नुपर्ने, दुई देशका उद्यमी व्यवसायीबीचमा द्विपक्षीय व्यापार एवं आर्थिक सम्बन्धको विस्तार गरी नयाँ व्यावसायिक अवसरहरुको सम्भावना पहिचान गर्नुपर्ने बताए। उनले विशेषगरी साउदी अरबको लगानी नेपाल भित्र्याउन पहल गर्नु आवश्यक रहेको समेत बताएका थिए।

सन् २०२० फेब्रुअरी २५ देखि २९ मा हुनलागेको नेपाल चेम्बर एक्स्पोमा साउदी अरेबियाबाट समेत सहभागिता हुने अध्यक्ष श्रेष्ठले जानकारी गराए। नेपाल र साउदी अरेबियाबीच आर्थिक एवं व्यापारिक सम्बन्धको विस्तारमा पर्यटन एउटा सम्भावित अंग भएकाले चिसो मुलुकको यात्रा गर्ने साउदीका लागि नेपाल उपयुक्त स्थान भएको अध्यक्ष श्रेष्ठले बताए।

भेटमा साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र सिंहले नेपाल पर्यटन वर्ष २०२० सफल पार्नलाई साउदी नागरिकका लागि प्रचारप्रसार पर्याप्त रुपमा गर्नुपर्ने बताए। उनले नेपालबाट व्यापारिक प्रतिनिधिमण्डलले साउदी अरेबियाको भ्रमण गर्ने र बीटुबी बैठक आयोजना दूतावासको पहलमा गर्न आफू तयार रहेको बताए।

यसैबीच चेम्बर अफ कमर्सको सचिवालयमा भारतका लागि नेपाली दूतावासका मिनिस्टर (इकोनोमिक) नीता पोखरेलसँग चेम्बर अध्यक्ष श्रेष्ठको छुट्टै भेट भएको छ।

chamber meeting with neeta

सो भेटमा अध्यक्ष श्रेष्ठले नेपालको भारत छिमेकी मुलुक भएकोले व्यापार, पर्यटन प्रवद्र्धन सँगसँगै जानुपर्ने स्थिति रहेको बताए। अध्यक्ष श्रेष्ठले भारतमा व्यापार/उद्योग विगत केही वर्षदेखि उल्लेखनीय रुपमा बढेकाले त्यसको फाइदा हामीले लिन कुन मोडालिटी तयार गर्ने त्यसबारेमा भारतीय पक्षसँग छलफल गरिदिन आग्रह गरे।

भेटमा भारतका लागि नेपाली राजदूतावासका मिनिस्टर (इकोनोमिक) पोखरेलले नेपाली उद्योग/व्यवसायको सहजीकरणको लागि आफू प्रयत्नशीन रहने र निजी क्षेत्रसँगको सहकार्य आवश्यक एवं अनिवार्य रहेको हुँदा निजी क्षेत्रबाट समस्या एवं सुझावसहितको अपेक्षा रहेको बताए। दुवै भेटमा अध्यक्ष राजेशकाजी श्रेष्ठसहित चेम्बर अफ कमर्सका पदाधिकारी, वस्तुगत तथा आबद्ध संघका पदाधिकारीहरुको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .