कारोबार


सुनको मूल्य प्रतितोला पाँच सयले घट्यो

सुनको मूल्य प्रतितोला पाँच सयले घट्यो

नेपालखबर
भदौ १, २०७६ आइतबार ७:१६,

लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आइतबार सामान्य गिरावट देखिएको छ। शनिबार प्रतितोला रु ७१ हजार ५०० मा कारोवार भएको छापावाला सुनको मूल्य आइतबार प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महांघले जनाएको छ।

तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ५०० ले घटेर रु ७० हजार ७०० कायम भएको छ। शनिबार तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० रुपैयाँमा कारोवार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि केही ओरालो लागेको छ। शनिबार प्रतितोला रु ८४० मा कारोवार भएको चाँदीको मूल्य आइतबार प्रतितोला रु ८३० कायम भएको महासंघले जनाएको छ। पछिल्लो एक महिनाको अवधिमा सुन र चाँदीको मूल्य निकै आकाशिएको छ। साउन महिनामा मात्रै सुनको मूल्य प्रतितोला रु छ हजारसम्मले बढेको थियो।

यो वर्ष सुनको मूल्य अहिलेसम्मकै उच्च रु ७१ हजार ५०० मा खरिद बिक्री भएको थियो। चीन–अमेरिका व्यापार टवराव, अमेरिका–इरान तनावलगायत कारणबाट विश्व बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो। अन्तरर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक हजार ५१८ डलर नाघेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad