भारत प्रशासित कस्मिरको विशेष राज्याधिकार संविधानबाट हटेपछि पाकिस्तानले भारतविरुद्ध प्रतिक्रियाहरु जनाइरहेको छ।
सोही क्रममा शनिबार कस्मिरको लागि भारतविरुद्ध अन्तिम गोली रहिन्जेलसम्म युद्ध गर्न तयार रहेको पाकिस्तानले बताएको छ।
पाकिस्तानका विदेशमन्त्री साह महमुद कुरेसीले भने,‘पाकिस्तानका सेना भारतसँग लड्न तयार छन्। हाम्रा सबै संस्था भारतविरुद्ध लड्न तयार छन्।’
पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गफुरले समेत विदेशमन्त्री कुरेसीको भनाइलाई समर्थन गर्दै पाकिस्तानले कस्मिरका लागि भारतसँग अन्तिमसम्म लड्ने बताए।

पाकिस्तानी विदेशमन्त्री कुरेसी
बीबीसी हिन्दीका अनुसार विदेशमन्त्री कुरेसीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा कस्मिर विवादबारे आयोजना भएको अनौपचारिक वैठक ऐतिहासिक भएको बताएका छन्।
कस्मिरको विषय राष्ट्रसंघमा छलफल भएपछि यो विश्वव्यापी विषय भएको पाकिस्तानको भनाइ छ।
भारतले भने यो विषय आन्तरिम मामिला भएको प्रतिक्रिया जनाएको छ। चीनले कस्मिरमा मानवअधिकारको स्थिति चिन्ताजनक भएको भन्दै चासो व्यक्त गरेको छ।

प्रतिक्रिया