कारोबार


अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो मुद्रा महँगिए

अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो मुद्रा महँगिए

नेपालखबर
असार ९, २०८३ मंगलबार ५:५२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ।  

हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलर, युरोसहित कतिपय मुद्राको भाउ भने बढेको थियो। 

आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ६२ र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा थियो। 

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरी आज युरो १ को खरिददर १७३ रुपैयाँ १४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा छ। हिजो युरो १ को खरिददर १७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ४३ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ १४ पैसा र बिक्रीदर २०० रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २०० रुपैयाँ १२ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०६ रुपैयाँ २७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०५ पैसा थियो। 

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ३९ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९० रुपैयाँ १४ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ०९ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो  बहराइन दिनार १ को खरिददर ३९९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ११ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad