ad ad

कारोबार


इ–सेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने

इ–सेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने

नेपालखबर
बैशाख २०, २०७८ सोमबार १०:५०,

भुक्तानी सेवा प्रदायक ‘इ–सेवा’ प्रयोगकर्ताले इ–सेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन्।

योसँगै आफूले चाहेको बैंक खातामा इ–सेवा खाता लिंक गरी अझ ढंगले इ–सेवा खातामा रकम लोड गर्न सकिनेछ।

अब इ–सेवा एकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाईल बैंकिङ मार्फत अझ सहज ढंगले इ–सेवामा रकम लोड गर्न सक्नेछन्।

आफ्ना प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उद्देश्यले एकाउन्ट लिंक गर्न सकिने सुविधा ल्याएको इ–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए।

उनले भने, ‘इ–सेवा जहिले पनि आफ्ना प्रयोगकर्तालाई नविनतम सेवा दिनका लागि अग्रसर छ। नयाँ सेवाका साथै प्रयोगकर्तालाई रकम लोड गर्नका लागि अझ सहज होस् भन्ने कुरालाई ध्यानमा राख्दै यो सेवाको सुरूवात गरेका हौँ।’

एकाउन्ट लिंक सेवा प्रयोग गर्नका लागि इ–सेवा प्रयोगकर्ताको इ–सेवा एकाउन्ट प्रमाणित भएको हुनुपर्नेछ। साथै यो सेवा लिनका लागि इ–सेवा प्रयोगकर्तासँग एकाउन्ट लिंक गर्ने बैंकको मोबाईल बैंकिङ लिएको हुनुपर्नेछ भने इ–सेवामा भएको मोबाईल नम्बर र बैंकमा रहेको मोबाईल नम्बर पनि एउटै हुनुपर्नेछ।

यदि इ–सेवामा रहेको नम्बर र बैंकमा रहेको मोबाईल नम्बर एउटै नभएको अवस्थामा बैंकमा भएको मोबाईल नम्बरलाई इ–सेवा एकाउन्टमा सेकेण्डरी आइडीका रुपमा राख्न सकिनेछ।

बैंक खातामा इ–सेवा लिंक गर्नका लागि सर्वप्रथम इ–सेवाको होमपेजमा भएको लोड मनि भन्ने अप्सनमा जानुपर्नेछ। यहाँ लिंक एकाउन्टमा क्लिक गरी आफ्नो खाता भएको बैंक छानी आफ्नो बैंक खाता नम्बर राख्नुपर्नेछ र प्रोसेसमा क्लिक गर्नुपर्नेछ।

त्यसपछि मोबाईल बैंकिङ पोर्टल खुल्नेछ। यहाँ आफ्नो मोबाईल नम्बर र पासवर्ड राखि क्लिक गर्नुपर्नेछ। त्यसपछि मोबाईलमा प्राप्त भएको ओटिपी पासवर्ड राखि पे मा क्लिक गरेमा बैंक खाता इ–सेवामा लिंक हुनेछ।

बैंक खाता लिंक गरेपछि इ–सेवा खातामा रकम लोड गर्नका लागि इ–सेवा खाता लगइन गरी लोड मनि अप्सनमा गइ आफुले लिंक गर्नुभएको बैंक एकाउन्टमा क्लिक गर्नुपर्नेछ। त्यसपछि इ–सेवामा राख्ने रकम र अन्य विवरण भरी सहजै रकम लोड गर्न सकिनेछ।

हाल २० वटा बैंक तथा वित्तीय संस्थाका बैंक खातामा इ–सेवा एकाउन्ट लिंक गर्न सकिनेछ। निकट भविष्यमै अन्य सदस्य बैंकका खातामा समेत लिंक गर्न सकिनेछ।

इ–सेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ। इ–सेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इ–सेवामा सहजै रकमजम्मागर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .