सरकारले कोरोना संक्रमणको नियन्त्रण तथा उपचारका लागि अवकाशप्राप्त स्वास्थ्य जनशक्तिलाई एक वर्षको लागि करारमा नियुक्त गर्ने भएको छ।
सोमबार प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अवकाश प्राप्त स्वास्थ्य कर्मचारीलाई एक वर्षका लागि नियुक्त गर्ने बताए।
‘स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन संघ, प्रदेश र स्थानीय तहमा अवकास प्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एकवर्षसम्म करारमा भर्ना गरिनेछ,’ प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने ।
कोभिड १९ को पहिचान, निधान उपचार र विरामीको उपचार ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रुपमा संलग्न कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने प्रधानमन्त्रीले जानकारी दिए।
प्रतिक्रिया