निषेधाज्ञाको समयमा त्रिभुवन विमानस्थल आउजाउको लागि प्रिपेड पर्यटक ट्याक्सी प्रयोग गर्न सकिने भएको छ।
विमानस्थल हवाइ यात्रु सेवा व्यवस्था लिमार्फत सञ्चालित हरियो प्लेटका ट्याक्सी प्रयोग गर्न सकिनेछ।
विमानस्थलबाट बाहिर जानको लागि पार्किङमा रहेको ट्याक्सी प्रयोग गर्न सकिन्छ भने काठमाडौं उपत्यकाबाट विमानस्थलमा जानको लागि फोन गरेर ट्याक्सी मगाउन सकिन्छ।
त्रिभुवन विमानस्थलले अन्तर्राष्ट्रिय उडान र आन्तरिक उडानका लागि फरक–फरक फोन नम्बरको व्यवस्था गरेको छ।

प्रतिक्रिया