काठमाडौं उपत्यका भित्रिने यात्रुको संख्यामा घटेसँगै हवाइ भाडा घटेको छ।
काठमाडौं उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा जारी भएसँगै काठमाडौं बाहिरिने यात्रुको संख्यामा राम्रै रहे पनि भित्रिने संख्या घटेको हो।
बिहीबारको लागि बुद्ध एयरले धनगढी–काठमाडौंको भाडादर २८ सय रुपैयाँमात्रै राखेको छ।
बुद्ध एयरकै बिहीबार काठमाडौं–धनगढी जाने अकुपेन्सी फुल रहेको छ। शुक्रबार क्लास इ को भाडा ६१ सय रुपैयाँ रहेको छ।
यति एयरलाइन्सले विराटनगर काठमाडौं १५ सय ५० रुपैयाँमै काठमाडौं ल्याइरहेको छ। काठमाडौं–विराटनगर रुटमा यति एयरलाइन्सको भाडादर ५८ सय ५० रुपैयाँ रहेको छ।
त्यसैगरी भैरहवा–काठमाडौंको भाडा १५ सय, पोखरा–काठमाडौंको भाडा १९ सय रुपैयाँ रहेको छ।
सरकारले काठमाडौंमा निषेधाज्ञा गरेसँगै लामोदूरीका सर्वाजनिक स्थल यातायात बन्द हुँदा हवाइ यात्रु बढेका छन्।
उपत्यकामा कोरोनाको संक्रमण दर तीव्र हुँदा बाहिरबाट यात्रु आउन नचाएको विमान कम्पनीले बताएका छन्।

प्रतिक्रिया