कारोबार


एनआरएनए डेभलप्मेन्ट फन्डको लगानी उत्पादनमुलक क्षेत्रमा : अध्यक्ष पन्त

एनआरएनए डेभलप्मेन्ट फन्डको लगानी उत्पादनमुलक क्षेत्रमा : अध्यक्ष पन्त

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार १०:४३,

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले एनआरएनए डेभलप्मेन्ट फन्ड उत्पादनमुलक उद्योगमा लगानी गर्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघको आर्थिक संवादमा अध्यक्ष पन्तले लगानीकर्ताले लाभांश पाउनेगरी उत्पादनमुलक क्षेत्रमै लगानी गर्ने बताएका हुन्।

हाल एनआरएनएको ९ अर्ब ५० करोड र सरकारको ५० करोड सेयर रहने गरी संयुक्त कम्पनी स्थापना भएको छ ।

१० अर्वको फन्डमा १५ प्रतिशत एनआरएनएको संस्थापक सेयर र ५ प्रतिशत सरकारको सेयर हुनेछ। बाँकी ८० प्रतिशत आईपीओ जारी गरेर उठाइने छ। आठ अर्बको आईपीओ सार्क मुलुकका नेपाली बाहेकले मात्रै भर्न पाउने पन्तले जानकारी दिए।

उनका अनुसार हालसम्म १७० वटा कम्पनीले लगानी गर्नको लागि प्रस्ताव पेश गरिसकेका छन्।

उनले एनआरएनए डेभलप्मेन्ट फन्डमा जम्मा भएको पैसा बैंकमा राखेर ब्याज खाने भन्दापनि कृषी, जलविद्युत, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने बताए।

‘विदेशमा भएका नेपालीबाट ल्याउने लगानी देशको विकाससँगै लगानीकर्तालाई लाभांश दिनेगरी योजना छनौट गर्छौं’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad