समाज


तीन महिनामा मानवअधिकार उल्लंघनका घटनाबाट १३ सय बढी पीडित

तीन महिनामा मानवअधिकार उल्लंघनका घटनाबाट १३ सय बढी पीडित

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार १०:२७,

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२१ को पहिलो तीन महिनामा १ हजार ३ सय ८१ जना पीडित भएको प्रतिवेदन सार्वजनिक गरेको छ।

इन्सेकले वैशाख ८ गते जारी गरेको प्रतिवेदनमा यो अवधिमा सबैभन्दा बढी महिला अधिकार उल्लंघनका घटनाबाट ७ सय ६ जना पीडित भएका उल्लेख गरिएको छ।

यो अवधिमा राज्यपक्षबाट १६ जना महिलासहित २ सय २३ जना र अन्य पक्षबाट १ हजार ८१ जना महिलासहित १ हजार १ सय ५८ जना पीडित भएका प्रतिवेदनमा जनाइएको छ।

मानव अधिकार स्थितिसूचक नाम दिइएको प्रतिवेदनमार्फत सार्वजनिक गरिएको तथ्यांकमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २ सय ५९ जना र सबैभन्दा कम प्रदेश २ मा ३४ जना महिला महिला अधिकार उल्लंघनका घटनाबाट पीडित भएका उल्लेख छ।

यो अवधिमा ६३ जनाको हत्या भएको अभिलेख राखिएकोमा जुम्लामा एक जनालाई प्रहरीले यातना दिएका कारण मृत्यु भएको भनी राज्य पक्षबाट हत्याको सूचीमा एक जना रहेको तथ्याङक छ।

तीन महिनाको अवधिमा राज्यले नागरिकको आधारभूत अधिकारको रक्षा र सुनिश्चितता गर्न नसकेका १ हजार १ सय ७७ घटनाहरू इन्सेकले प्रलेख गरेको छ। ती घटनामा १ हजार ३ सय ८३ जना पीडित भएका हुन्।

अभिलेखित घटनामध्ये राज्यपक्षबाट ४१ र अन्यपक्षबाट १ हजार १ सय ३६ ओटा घटना रहेका छन्।

त्यसैगरी अभिलेखित घटनामध्ये ७४प्रतिशत घटना महिला तथा बालिका हिंसासँग सम्बन्धित रहेको इन्सेकको अभिलेखले देखाएको छ।
‘सामाजिक न्याय र विधिको शासन पालनाको अवस्थामा सुधार गर्न नियामक निकायले थप पहलकदमी लिनुपर्ने तथा सामाजिक अभियान र संस्थागत प्रयासहरू सुदृढ गर्नु पर्ने आवश्यकता देखिन्छ’ प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad