कारोबार


नेप्से परिसूचकमा ४४ अंकको वृद्धि

नेप्से परिसूचकमा ४४ अंकको वृद्धि

नेपालखबर
असार १७, २०८३ बुधबार १६:१, काठमाडौँ

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ५९ अंकले उकालो लागेर दुई हजार ६५२ दशमलव ९३ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ७७ अंकले उकालो लागेर ४५८ दशमलव ५७ मा पुगेको छ । कूल ३६२ कम्पनीको ९५ लाख ४७ हजार ६७८ कित्ता सेयर रु तीन अर्ब ८६ करोड ११ लाख ८३ हजार चार सय १० मूल्यमा खरिद बिक्री भएको छ । आज सबै उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ ।

कारोबारका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा छ । यस्तै, रिलायन्स स्पिनिङ मिल्स, आँखु खोला जलविद्युत् कम्पनी, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट र एनआइएमबी डिवेञ्चर २०९० शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, स्नो रिभर लिमिटेड, सिवाइसी नेपाल लघुवित्त, भुजुङ हाइड्रोपावर, कुर्थली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, एनएमबी डिवेञ्चर, धौवागिरी लघुवित्त, अप्पर स्याङ्गे हाइड्रोपावर र महालक्ष्मी डिवेञ्चरका लगानीकर्ताले भने गुमाएका छन् ।

आजको कारोबारमा २५२ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको मात्रै घटेको छ । यस्तै, छ वटा कम्पनीको भने कुनै परिवर्तन भएन । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad