कारोबार


कामना सेवा बैंकको निक्षेप संकलन ४५.८७ प्रतिशतले बढ्यो

कामना सेवा बैंकको निक्षेप संकलन ४५.८७ प्रतिशतले बढ्यो

नेपालखबर
साउन ३०, २०७६ बिहिबार ८:१,

कामना सेवा विकास बैंकले समीक्षा अवधिमा व्यवसायमा उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको छ। गत आ.व. २०७४/०७५ मा निक्षेप १५.७५ अर्ब संकलन गरेको बैंकले गत आवमा ४५.८७ प्रतिशतले वृद्धि गर्दै २२ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको हो।

यस्तै बैंकले कर्जातर्फ सोही अवधिमा १३ अर्ब २० करोड रहेकोमा गत आवमा ५२.८६ प्रतिशतले वृद्धि गरी २० अर्ब १८ करोड रुपैयाँ प्रवाह गरेको जनाएको छ। २ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ५० करोड ३८ लाख रुपंयाँ रहेको छ।

बैंकको खुद ब्याज आम्दानी समेत १७.६९ प्रतिशतले वृद्धि भई ८८ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने गत आवमा बैंकको निष्क्रिय कर्जा १.१३ प्रतिशत रहेकोमा हाल शून्य दशमलव ९० प्रतिशत कायम गर्न सफल भएको छ।

आ.व. २०७५/०७६ को असार मसान्तमा बैंकको पुँजी कोष अनुपात १७.०३ प्रतिशत रहेको छ । त्यस्तै प्रतिसेयर आम्दानी १३.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.६८ गुणा, प्रतिसेयर नेटवर्थ १३१.०९ रुपैयाँ र तरलता अनुपात २२.७४ प्रतिशत रहेको छ। बैंकले समीक्षा अवधिमा आधार दरलाई ११.५९ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।

बैंकले आव २०७५÷०७६ मा सेवा विस्तारका क्रममा थप ३६ वटा नयाँ शाखा सञ्चालनमा ल्याउन सफल भएको छ । सेवा विस्तारकै क्रममा बैंकले थप २८ वटा एटीएम सञ्चालनमा ल्याउनुका साथै स्मार्ट टेलर, मोबाइल बैंकिङ, कामना सेवा रेमिट, भिजा कार्डजस्ता नवीनतम प्रडक्टहरु ग्राहकसामु प्रस्तुत गरेको छ ।

शाखा विस्तारसँगै बैंकको सञ्चालन खर्च तथा कर्मचारी खर्चमा वृद्धिका बाबजुद बैंकले आर्थिक वर्ष २०७५/०७६ मा खुद मुनाफा ३२ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .