खेल


पीएसजीद्वारा बार्सा र मड्रिड दुवैको प्रस्ताव अस्वीकार, नेमारको भविष्य कता?

पीएसजीद्वारा बार्सा र मड्रिड दुवैको प्रस्ताव अस्वीकार, नेमारको भविष्य कता?

नेपालखबर
साउन ३०, २०७६ बिहिबार ८:४,

तर दुवैको प्रयास असफल भएको स्पेनका चर्चित खेल पत्रकार गुलियम बालेगले बीबीसीलाई बताएका छन्।

नेमार अनुबन्ध गर्न बार्साले सय मिलियन युरोसहित फिलिप कोटिन्हो पीएसजीलाई दिने प्रस्ताव गरेको थियो। साथै इभान राकिटिक दिने पनि बार्साले प्रस्ताव गरेको बताइएको छ।

यद्यपी पीएसजीले बार्सालाई नेमार नदिने बताएको जनाइएको छ।

यसैगरी रियल मड्रिडले पनि नेमार अनुबन्ध गर्न ग्यारेथ बेल र जेम्स रोड्रिग्वेजसहित केही रकमको प्रस्ताव गरेका थिए।

यद्यपी पीएसजीले भिन्सियस जुनियरको माग गरेपछि सहमति नभएको बताइएको छ। भिन्सिय जुनियर हाल पीएसजीका युवा स्टार खेलाडी हुन्।

यद्यपी पीएजीले नेमारलाई मड्रिडमै बेच्ने संकेत गरेको गुलियम बालेगले बताएका छन्।

नेमार विश्वका सबैभन्दा महंगा खेलाडी हुन्। सन् २०१७ मा नेमार बार्साबाट पीएसजी २२२ मिलियन युरोमा गएका थिए।

हाल उनी पीएसजी छाड्न चाहन्छन्। पीएसजीका समर्थकले समेत नेमारलाई यतिबेला घृणा गर्न थालेका छन्।

उनीहरुले पीएसजीको सुरुवाती लिग खेलमा ‘नेमार हामीलाई चाहीँदैन’ भन्ने नारा लगाएका थिए। अहिलेसम्म नेमारको भविष्यबारे पक्का नभएपछि अन्यौलता बढ्दै गएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .