कारोबार


सेलपेको अफर : ‘नयाँ वर्ष २०७८, पाइन्छ उपहार हप्तैभर’

सेलपेको अफर : ‘नयाँ वर्ष २०७८, पाइन्छ उपहार हप्तैभर’

नेपालखबर
बैशाख २, २०७८ बिहिबार ९:३४,

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नयाँ वर्ष २०७८ उपलक्ष्यमा ‘नयाँ वर्ष २०७८,पाइन्छ उपहार हप्तैभर’ योजना सुरु गरेको छ।

यस योजना अन्तर्गत ग्राहकहरुले सेलपे सेवामा रहेका विभिन्न ७ सेवाहरु उपयोग गर्दा उक्त ७ वटै सेवाहरुमा हरेक दिन लक्की ड्र मार्फत ७ जनाले आकर्षक उपहारहरु जित्न सक्नेछन्। यो योजना वैशाख १ गते देखि वैशाख ७ गतेसम्म लागू हुनेछ। 

यस योजनामा सेलपेका ग्राहकहरुले मर्चेन्ट भुक्तानी गर्दा हरेक दिन १ जनाले २०.७८ प्रतिशत (अधिकतम रु २०७८) सम्म क्यासब्याक, रकम स्थानान्तरण गर्दा हरेक दिन १ जनाले एक्स एजको इयर बड, एयरलाइन्स टिकट खरिद गर्दा हरेक दिन १ जनाले ५० प्रतिशत (अधिकतम रु २०७८) सम्म क्यासब्याक, इन्टरनेटको महशुल भुक्तानी गर्दा हरेक दिन १ जनाले १ थप महिनाको सेवा निस्शुल्क, टिभीको महशुल भुक्तानी गर्दा हरेक दिन १ जनाले १ थप महिनाको सेवा निस्शुल्क साथै मोबाइल टप–अपररिचार्ज गर्दा हरेक दिन १ जनाले ६ जी बी डाटा प्याक जित्न सक्नेछन्।

यो योजना नयाँ तथा पुराना दुवै ग्राहकहरुको लागि लागू हुनेछ। जसमा नयाँ ग्राहकहरुले सेलपे एप्प डाउनलोड गरेर आफ्नो बैंक खाता लिंक गरे पस्चात कारोवार गरी यस योजनामा सहभागी हुन पाउनेछन्।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो। सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ।

सेलपेद्वारा विभिन्न दूरसंचार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटुपी, बीटुबी, पीटुबी, बीटुपी आदि वास्तविक समयमा गर्न सकिन्छ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन्। सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad