राजनीति


गण्डकीमा अविश्वासको प्रस्तावसँगै विपक्षीले माग गरे विशेष अधिवेशन

गण्डकीमा अविश्वासको प्रस्तावसँगै विपक्षीले माग गरे विशेष अधिवेशन

नेपालखबर
बैशाख २, २०७८ बिहिबार ९:३१,

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै गण्डकीका विपक्षी दलहरुले विशेष अधिवेशन माग गरेका छन्।

उनीहरुले प्रदेश सभाको सातौँ अधिवेशन बुधबार मध्यरातदेखि अन्त्य भएको घोषणा भएलगत्तै बिहीबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष विशेष अधिवेशनको माग गरेका हुन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विशेष अधिवेशन माग गरेका हुन्।

संविधानको सो उपधारामा ‘प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ।

त्यसरी तोकिएको मिति र समयमा प्रदेश सभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्नेछ’ भन्ने प्रावधान छ।

तीन दलले प्रदेश सभाको हिउँदे अधिवेशन हठात् अन्त्य भएकाले यसअघि दर्ता गराइएको अविश्वास प्रस्तावउपर छलफल हुन नसक्ने भएकाले विशेष अधिवेशन माग गरिएको हो।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले यसअघि पनि गण्डकीमा विशेष अधिवेशन माग गरेका थिए।

यो पनि –
गण्डकी प्रदेश : गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता, कृष्णचन्द्र पोखरेल मुख्यमन्त्रीको उम्मेदवार
गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै विपक्षीले लगाए यस्ता आरोप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad