गत आर्थिक वर्षमा नबिल बैंक लिमिटेडले आठ प्रतिशत नाफा वृद्धि गरेको छ। बैंकले एक वर्ष अवधिमा उक्त दरमा नाफा वृद्धि गर्दै चार खर्ब २९ करोड रुपैयाँ पुर्याएको हो।
अघिल्लो आवमा नबिल बैंकले तीन अर्ब ९८ करोड नाफा गरेको थियो। बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षमा ७ अर्ब ३३ करोड खुद ब्याज आम्दानीमा गरेको छ। बैंकको कुल मुनाफा छ अर्ब आठ करोड रहेको छ।
तर लाभांश वितरणयोग्य आम्दानी भने तीन अर्ब १८ करोड रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ। जसअनुसार प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ६५ पैसा रहेको छ। प्रतिसेयर आम्दानी अघिल्लो वर्षको तुलनामा यो वर्ष खस्किएको देखिएको छ। अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ५१ पैसा रहेको थियो।
गत आर्थिक वर्षम नबिल बैंकको स्प्रेडदर ४ दशमलव ४३ प्रतिशत कायम रहेको छ भने बैंकले आधार ब्याजदर ८ दशमलव ०९ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ।
Shares
प्रतिक्रिया