कारोबार


निर्धारित समयअगावै रिखुवा खोलामा बन्यो पक्की पुल

निर्धारित समयअगावै रिखुवा खोलामा बन्यो पक्की पुल

नेपालखबर
असार ३२, २०८३ बिहिबार ९:२, फिक्कल (इलाम)

इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको धार्मिकस्थल लारुम्बा जोड्ने आत्मानन्द मार्गअन्तर्गत माई-६ स्थित रिखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ।

केन्द्रीय सरकारअन्तर्गत पुल सेक्टर धरानको रु ३० करोड ६४ लाख ८४ हजारको लागतमा यहाँ पक्की पुल निर्माण सम्पन्न भएको आयोजना प्रमुख इन्जिनियर आशिष थापा मगरले जानकारी दिए।

रु ३३ करोड ९८ लाख २२ हजार ५८९ मा ठेक्का खुलेकोमा निर्माण कम्पनीले रु ३० करोड ६४ लाख ८४ हजारमा सम्झौता गरी निर्धारित समयअगावै पुल निर्माण सम्पन्न गरेको हो।

आयोजना प्रमुख मगरका अनुसार विसं २०७९ पुस ३० गते शान्ति निर्माण सेवासँग विसं २०८३ असार ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो।

ठेकेदार कम्पनीले भने निर्धारित समयभन्दा अगावै काम सम्पन्न गरेको उनले जानकारी दिए।

अन्य धेरै योजनामा पटकपटक म्याद थप गर्दा ठेकेदार कम्पनीले निर्माण कार्य सम्पन्न नगर्ने गुनासो आइरहेका बेला यस आयोजनाको काम निर्धारित समयअगावै सम्पन्न हुनु सकरात्मक पक्ष भउको आयोजना प्रमुख मगरले बताए।

पुल सेक्टरका इन्जिनियर हरि मण्डलले २०० मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण सम्पन्न भएको जानकारी दिए।

निर्माण सम्पन्न भएसँगै पुल प्रयोगमा आएको छ। पक्की पुल निर्माण भएसँगै स्थानीयलाई यात्रा गर्न सहज र सुरक्षित भएको छ।

पुल नहुँदा बर्खामा खोलामा बाढी आउँदा आवतजावत पूर्ण रूपमा ठप्प हुने गरेको थियो।

विशेषगरी बिरामी एवं गर्भवतीलाई अस्पताल पुर्‍याउन र विद्यार्थीलाई विद्यालय जानआउन समस्या हुने गरेको थियो।

पक्की पुल निर्माण भएपछि दुई स्थानीय तहका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको माई नगरपालिका-६ का बुधराज योङहाङले बताए।

‘यसअघि पुल नहुँदा पानी पर्नसाथ वारिका मान्छे पारि जान र पारिका मान्छे वारि आउन समस्या हुने गर्दथ्यो’, योङहाङले भने, ‘पुल बनेपछि त्यो वर्षौंदेखिको समस्या सधैँका लागि अन्त्य भएको छ।’

पुल निर्माणपछि माङसेबुङका नागरिकहरु झापाको बिर्तामोड एवं माई नगरपालिकामा नागरिक धार्मिक क्षेत्र लारुम्बा आवतजातवत गर्न सहज भएको माई नगरपालिकाका प्रमुख खम्बासिंह लिम्बूले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad