ad ad

कारोबार


ज्योति विकास बैंक र साम्सरा रेमिटबीच रेमिट सेवाको लागि सम्झौता

ज्योति विकास बैंक र साम्सरा रेमिटबीच रेमिट सेवाको लागि सम्झौता

नेपालखबर
साउन २९, २०७६ बुधबार १२:६,

ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा साम्सरा रेमिटलाई रेमिट सेवाको लागि प्रमुख प्रतिनिधि नियुक्त गरेको छ।

बुधबार ज्योति विकास बैंक र साम्सरा रेमिटबीच उक्त सहकार्य सम्झौता भएको छ। सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा साम्सरा रेमिटको तर्फबाट साम्सरा रेमिटका कार्यकारी उपाध्यक्ष जीवन बाबु श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

यस सम्झौता पश्चात ज्योति विकास बैंकअन्तर्गतको ज्योति रेमिटको सेवा ग्राहकहरुले साम्सरा रेमिटको मुलुकभर भएका कुनै पनि उप- प्रतिनिधिमार्फत प्राप्त गर्नेछन्। हाल साम्सरा रेमिटको मुलुकभर ६ हजारभन्दा बढी उपप्रतिनिधिहरु रहेका छन्।

हाल ज्योति विकास बैंकले ९७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ४० वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ भने यसै आर्थिक वर्षमा थप १२ वटा नयाँ शाखा सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ। साथै यस आर्थिक वर्षभित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएममार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ।

हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढी खाताबाट २९.५० अर्बभन्दा बढी निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई २५ अर्ब ५० कराेडभन्दा बढी लगानी गर्न सफल भएको बैंकले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .