कारोबार


एपीएफ टोलीद्वारा चार लाख रुपैयाँको अवैध औषधि बरामद

एपीएफ टोलीद्वारा चार लाख रुपैयाँको अवैध औषधि बरामद

नेपालखबर
चैत १५, २०७७ आइतबार १२:३१,

झापा जिल्लाको मेचीनगर नगरपालिका ७ सतिघट्टास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी टोलीले करीब ४ लाख १२ हजार रुपैयाँ बराबरको अवैध औषधि बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले उक्त औषधि बरामद गरेको हो।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको ओरियन्स कम्पनीका औषधिहरु बरामद गरिएको एपीएफले जनाएको छ। बरामद औषधि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ।

लागुऔषध बरामद
यता, सिरहा जिल्लाको भगवानपुर गाँउपालिका ४ स्थित बलानखोला ईलाकाबाट एपीएफ टोलीले लागुऔषध नाईट्राजिपाम ट्याब्लेट ६ सय वटा र डाइलेक्स डिसी १७ बोतल बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट इनरुवाबाट खटिएको एपीएफ टोलीले उक्त लागुऔषध बरामद गरेको हो।

भारतबाट नेपालतर्फ झोला बोकेर आउँदै गरेका व्यक्तिहरुले एपीएफ टोलीलाई टाढैबाट देख्नासाथ सोही ठाउँमा झोला फालेर भागेपछि उक्त झोलामा जाँच गर्दा उल्लेखित लागुऔषध फेला परेको हो। बरामद लागुऔषध स्थानीय प्रहरीमा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad