यो संख्या दैनिक कोरोना संक्रमितको तथ्यांकअनुसार पाँच महिनायताकै सबैभन्दा कम संख्या भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यसैबीच स्थानीयस्तरबाटै संक्रमित हुनेको दर लगातार दोस्रो दिन शुन्यमा झरेको छ।
आज थपिएका एक संक्रमित इन्डोनेसियाबाट हङकङ फर्किएका व्यक्ति भएको बताइएको छ।
कोरोनाविरुद्धको खोप अभियान संचालन भएको हङकङमा कोरोनाको प्रभाव निकै कम भएको देखिएको छ।
हङकङमा हालसम्म ११ हजार ४४६ मा कोरोना पुष्टि भइसकेको छ। कोरोनाबाट यहाँ २०५ को मृत्यु हुँदा ११ हजार ४० कोरोनामुक्त भएका छन्।
प्रतिक्रिया