कारोबार


ठूलो खोला जलविद्युत् आयोजनामा नेपाल बैंकसहित चार बैंकको साढे दुई अर्ब बढी लगानी

ठूलो खोला जलविद्युत् आयोजनामा नेपाल बैंकसहित चार बैंकको साढे दुई अर्ब बढी लगानी

नेपालखबर
चैत ९, २०७७ सोमबार ८:४१,

नेपालमा निजीक्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको २१.३ मेगावाटको ठूलो खोला जलविद्युत् आयोजनाको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटेको छ।

प्रतिष्ठित व्यवसायी, व्यक्तित्वहरु तथा एनआरएन समेतको मुख्य लगानी रहेको संयुक्त ऊर्जा प्रालिले विकास गर्न लागेको उक्त जलविद्युत् आयोजना म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकास्थित ठूलो खोलामा निर्माण हुनेछ।

तीन अर्ब ६० करोड लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाइ रहेको विभिन्न ४ वटा बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा बनेको कन्सोर्टियमद्वारा २ अर्ब ५२ करोडभन्दा बढी लगानी गर्नेसम्बन्धी सिन्डिकेटेड क्रेडिट फेसिलिटिज एग्रिमेन्ट (एससीएफए) सम्झौतामा ऋणीका तर्फबाट संयुक्त ऊर्जा प्रालिका अध्यक्ष डा. बद्री केसी तथा बैंकहरुका तर्फबाट नेपाल बैंक लिमिटेडका नि. नायब प्रमुख कार्यकारी अधिकृत श्री समता पन्तले समारोहका बीच एक आपसमा हस्तान्तरण गरेका थिए।

उक्त अवसरमा सहभागी सम्पूर्ण र्बैक तथा वित्तीय संस्थाका नायब÷सहायक प्रमुख कार्यकारी अधिकृतहरु तथा अन्य उच्चस्तरीय पदाधिकारीहरु समेतको उपस्थिति थियो।

उक्त आयोजनामा नेपाल बैंकद्वारा ७५ करोड १२ लाख ५२ हजार, राष्ट्रिय वाणिज्य बैंकद्वारा ६६ करोड, सिद्धार्थ बैंकद्वारा ६४ करोड तथा सनराइज बैंकद्वारा ४७ करोड गरी जम्मा २ अर्ब ५२ करोड १२ लाख ५२ हजारको वित्तीय प्रबन्ध गरिएको हो।

नेपाल बैंक लिमिटेडका नि. नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले नेपाली बैंकहरु त्यसमा पनि सरकारी स्वामित्वको बैंकले आयोजनाको आर्थिक, प्राविधिक, जोखिम लगायतका विभिन्न पक्षहरुको समग्र विश्लेषण गरी उचित निष्कर्षमा पुगेको र यस आयोजनामा लगानी गर्ने निर्णय निक्षेपकर्ताको रकमको सहि उपयोग हुने बिचार व्यक्त गरे।

उनले यस आयोजनाका प्रवद्र्धकहरु आफैमा प्रतिष्ठित व्यक्तित्व तथा व्यवसायी भएको हुँदा बैंक कर्जाको सही सदुपयोग हुने र यसअघि दरम खोला जलबिद्युत आयोजना विकाश गरी निरन्तर रुपमा विद्युत उत्पादन भइरहेकोे हुँदा उनीहरुको कार्यको जाँच भइसकेको, यो आयोजना पनि तोकिएको समय तथा लागतमा पूर्ण हुने विश्वास प्रकट गरे।

सम्झौता कार्यक्रममा डेभलपर संयुक्त ऊर्जा प्रालिका अध्यक्ष डा. केसीले यस आयोजनामा नेपाल बैंक लिमिटेड तथा अन्य बैंकहरुले तीव्रताकासाथ गरेको कार्यको सह्राहना गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad