कुमारी इक्विटी फन्डले बिक्री गरेको इकाई बिहीबार बाँडफाँट भएको छ।
आवेदन दिएका ९४ हजार ७९४ जनामध्येबाट रितपूर्वक आवेदन दिएका ९४ हजार ७३३ जनालाई बाँडफाँट गरिएको हो।
१०० देखि २० लाख इकाईसम्म आवेदन दिएकाहरुले माग बमोजिम नै इकाई हात पारेका हुन्।
कुमारी क्यापिटलका अनुसार २० लाख इकाई भन्दा माथिल्लो समूह अर्थात् २५ लाख देखि ५० लाखसम्म माग गरी दरखास्त दिने जम्मा ७ जनालाई २४ लाख ६ हजार ६७० इकाईका दरले बाँडफाँट गरिएको छ।

प्रतिक्रिया