राजनीति


प्रदेश सांसद बोहरा भन्छन् : पद छाड्छु, ओली छाड्दिनँ

प्रदेश सांसद बोहरा भन्छन् : पद छाड्छु, ओली छाड्दिनँ

गोकुल जोशी
चैत ५, २०७७ बिहिबार ६:१८,

नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै सुदूरपश्चिम प्रदेशका सांसद तथा पूर्वआर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहराको सांसद पद धरापमा परेको छ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बदर गर्दै यसमा एकीकृत भएका पहिलेकै दुई दल कायम गरिदिएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँगै माओवादी छाडेर एमालेमा सामेल भएका सांसद बोहराको पद धरापमा परेको हो।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले संघीय संसद्, प्रदेश सभा वा स्थानीय तहका सदस्य जुन दलबाट निर्वाचित भएको हो, त्यो पार्टी परित्याग गर्नासाथ पद पनि सँगै समाप्त हुने व्यवस्था गरेको छ।

माओवादी केन्द्रका नेता बोहरा अछाम निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट सुदूरपश्चिम प्रदेश सांसदमा निर्वाचित भएका थिए। प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री उनले प्रतिनिधि सभा विघटन गरिँदा (पुस ५ गते) पदबाट राजीनामा दिएर तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा लागेका थिए।

माओवादी त्यागेर एमाले रोजेका सुदूरपश्चिम प्रदेशका एक्ला सांसद बोहरालाई ओलीले केन्द्रीय सदस्यसमेत बनाएका छन्। माओवादी केन्द्रले एमालेमा गएका आफ्ना नेतालाई आफ्नो पार्टीमा फर्किन आग्रह गरिरहेको भए पनि ती नेता भने एमाले नछाड्ने अडानमा छन्। यस्तो अवस्थामा माओवादी केन्द्रले कारबाही प्रक्रिया अगाडि बढाए बोहराको सांसद पद जाने निश्चित छ।

‘पद छाड्ने तर एमाले नछाड्ने’
प्रदेश सांसद बोहराले आफू अब माओवादी केन्द्रमा नफर्किने बताएका छन्। बरु माओवादी केन्द्रको कारबाही भोग्न तयार रहेको उनले बताए।

‘अब माओवादीमा फर्किने सम्भावना छैन। पार्टीको विधानअनुसार कारबाही सहन पनि तयार छु,’ बोहराले नेपालखबरसँग भने, ‘त्यो बेला मन्त्री त छाडें। सांसद पद छाड्न मलाई केही चिन्ता छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad