ad ad

कारोबार


नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने भिडिओ

नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने भिडिओ

नेपालखबर
फागुन १७, २०७७ सोमबार ११:२२,

नबिल बैंकले जहिले पनि समय सुहाउँदो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउँदै आएको छ।

सबै किसिमका ग्राहकहरुको आवश्यकता सुहाउँदो डिपोजिट खाताबारे सर्वसाधारणलाई जानकारी प्रदान गर्नका लागि नबिल बैंकले एउटा भिडिओ ल्याएको छ।

यस भिडिओमा एउटा व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ, जसको बच्चैदेखि हरेक कुरा बचाउने बानी थियो र नबिल बैंकको साथ पाएर उक्त व्यक्तिलाई सानैदेखि नबिल बैंकमा पैसा बचत गर्ने बानी लाग्यो।

नबिलको बाल बचत खाताबाट सुरु भएको यो क्रम जिन्दगीको उतार–चढाव हुँदै अहिलेको दिनसम्म आई पुग्दा नबिल बैंकको विभिन्न खातामा पुगिसकेको छ। एउटा भरपर्दो बैंकको साथ भयो भने मानिसलाई सुख–दुःखमा भरपर्दो साथ पाइने कुरा यस भिडिओमार्फत देखाइएको छ।

नबिल बैंकले बितेका दिनहरुमा ल्याएको भिडियोले जस्तै यो भिडियोले पनि सबैको माया र साथ पाउने अपेक्षा गरिएको छ। नबिल बैंकको ३६ वर्षको यात्रामा नबिल बैंकले लाखौंको जीवनमा गहिरो प्रभाव पार्दै आएको छ र यो भिडियोले त्यही कुरालाई सरल ढंगमा चरितार्थ गरेको छ।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटीएमहरुको विशाल संरचना र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरुसँगै अघि बढ्ने विश्वास राखेको छ।

भिडिओः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .