सेना दिवस २०७७ को उपलक्ष्यमा लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस २०७७ हुने भएको छ।
आयोजक नेपाली सेनाका अनुसार ट्रेल रेस आगामी २४ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ५ स्थित बसेरीबाट सुरु हुनेछ।
२१ दशमलव २५० मिटर दौड बसेरी, नयाँपुल, वाङ्गलाङ्ग, भालढुङ्ग, लिस्तीकोट, गुम्बा, सिल्दुम धारापानी, गोदाम हुँदै भोटेकोशी नगरपालिका वडा नम्बर ३ को दुगुनागढीमा आएर समापन हुनेछ।
ट्रेल रेसमा सहभागी हुनेलाई ४ विधामा पुरस्कार वितरण गरिनेछ। ट्रेल रेसमा खुल्लातर्फ पहिलो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। दोस्रोले ६०, तेस्रोले ४० चौथोले २०, पाँचौ हुनेले १५ तथा चौथो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
महिलातर्फ पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगितामा जिल्लाबासीतर्फपनि पुरस्कारको व्यवस्था गरिएको छ। जिल्लाबासीतर्फ पहिलो हुनेले २० दोस्रोले १५ तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगितामा सहभागी विदेशी खेलाडी विजेता भएमा खुलातर्फकै पुरस्कार पाउनेछ भने सहभागी भएमा मायाको चिनो प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी खेलाडीहरुको सोही दिनको मात्र १० लाख बराबरको दुर्घटना बिमा गरिने आर्मीले जनाएको छ।
प्रतियोगिता खुला रुपमा आयोजना हुने नेपाल आर्मीले जनाएको छ। निःशुल्क दर्ता गर्न पाइने प्रतियोगितामा सहभागी हुन आगामी २० गतेसम्म नाम दर्ता गर्नुपर्नेछ।
प्रतिक्रिया