ad ad

कारोबार


आम व्यवसायीमाझ यसरी पुग्दै छ एनआईसी एसिया बैंकको अनलाइन भुक्तानी गेटवे प्रणाली

आम व्यवसायीमाझ यसरी पुग्दै छ एनआईसी एसिया बैंकको अनलाइन भुक्तानी गेटवे प्रणाली

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार १२:५९,

एन आई सी एशिया बैंकले नेपालमा पहिलोपटक भि󠅁त्र्याएको कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस प्रा. लि. नामक फिनटेक कम्पनीले आम व्यवसायीहरूमाझ पुर्‍याउने भएको छ।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालक (पीएसओ) को सेवा तथा सुविधा गर्ने अनुमति प्राप्त गरेको छ। बैंकले ल्याएको अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनीको गेटवे प्रणालीलाई नेपालमा सरल डिजिटल भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउने विश्वास लिएको छ।

यसबाट इच्छुक मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गर्न सक्नेछन्।

अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको साइबरसोर्स गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्वजगतमा प्रतिष्ठित छ।

यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एन आई सी एशिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सकिनेछ।

यस सहकार्यबाट उक्त फिनटेक कम्पनीले नेपालमा भिसा, मास्टरकार्ड, युनियन पे लागयतका कार्डहरूबाट भुक्तानी गर्न मिल्ने प्रणालीको विकास गर्न समेत सघाउ पुग्नेछ भने नेपालका ठूला तथा मझौला व्यापारीहरूको उत्पादित बस्तु तथा सेवाहरूको सर्वसुलभ रुपमा अन्तर्राट्रिय बजारमा बिक्री वितरणमा सहयोग पुगी व्यवसायीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ।

समयअनुरुप परिष्कृत सेवा तथा सुविधा भित्र्याउन लागिरहेको यस बैंक र उक्त फिनटेक कम्पनी बीचको सहकार्यबाट आगामी दिनहरूमा देशका अन्य फिनटेक कम्पनीहरूसँग सहकार्य गर्दै आम नागरिकहरूसमक्ष डिजिटल बैंकिङको पहुँच पुर्‍याउन सहयोग पुग्नेछ।

साथै बैंकले विभिन्न वालेट तथा पीएसओ जस्ता फिनटेक कम्पनीहरूलाई कारोबार फच्र्यौट सुविधा दिइरहेको अवस्थामा बैंकको डिजिटल बैंकिङ प्रणालीको विकास गर्नका लागि विभिन्न फिनटेक कम्पनीहरूलाई सशक्तिकरणको अभियान चलाइरहेको छ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायम रहेकै बेला सरकारबाट जारी स्वास्थ्यसम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै बैंकले भीडभाडलाई सकेसम्म न्युनीकरण गर्नका लागि पछिल्लो समयमा फिनटेक कम्पनीहरूमार्फत सहकार्य गर्दै बैंकिङ सेवा तथा सुविधालाई प्राथमिकताका साथ डिजिटलाइज गरिरहेको छ।

मुलुकभर रहेका ३३९ शाखा कार्यालयहरू, ४७१ एटीएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .