कारोबार


ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा

ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा

नेपालखबर
माघ २०, २०७७ मंगलबार १६:१४,

ग्लोबल आइएमई बैंकले मंगलबार थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले सुनसरी जिल्लाको रामधुनी नगरपालिका ५, झुम्का, दाङ जिल्लाको लमही नगरपालिका ५, लमही र पूर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका ६, छिप्रिदहमा आफ्ना नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो।

तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ।

त्यस्तै बैंकले ४७ एक्स्टेन्सन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा तथा २४० एटीएम र तीन अन्तर्राष्टिय सम्पर्क कार्यालयमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।

बैंकमा हाल २१ लाख बढी ग्राहक रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad