कारोबार


कीर्तिमानी आरोही निर्मल पूर्जा मगर एनएमएका सद्भावनादूत

कीर्तिमानी आरोही निर्मल पूर्जा मगर एनएमएका सद्भावनादूत

नेपालखबर
माघ २०, २०७७ मंगलबार १५:३३,

नेपाल पर्वतारोहण संघ (एनएमए) ले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका आरोही निर्मल पूर्जा मगर ‘निम्स’ लाई सद्भावनादूत ‘गुडविल एम्बास्टर’ घोषणा गरेको छ।

नेपाली पर्वतारोहीहरूको छाता संगठन एनएमएले विश्वकै कठिन हिमाल केटूको सफल आरोहण गरी देशको पहिचानलाई विश्वभर पु-याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै मगरलाई सन् २०२१ का लागि सद्भावनादूत बनाएको हो।

आरोही मगरले यसअघि सात महिनामा विश्वका ८,००० मिटरभन्दा माथिका १४ वटा उच्च हिम शिखर सफलतापूर्वक आरोहण गरी ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम दर्ता गर्न सफल भएका थिए।

हालै आठ हजार ६११ मिटर उचाइको केटू प्रथम आरोही भएका आरोहण दलको नेतृत्व गर्ने पूर्जा मगरलाई नेपाल र नेपालको पर्वतीय पर्यटन विश्वमा प्रचारप्रसार तथा प्रवद्र्धनसहित संघको प्रवर्द्धनमा सहयोग पुग्ने उद्देश्यले एनएमएले सद्भावनादूत घोषणा गरेको हो।

यही माघ १८ गते सम्पन्न एनएमएको केन्द्रीय कार्य समितिको ५७औँ अत्यावश्यक बैठकले सद्भावनादूत मनोनयन गर्ने निर्णय गरी एनएमएको सन् २०२१ का लागि सद्भावनादूतका रुपमा जिम्मेवारी दिइएको संस्थाका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए।

सद्भावनादूत भएर संस्थाको साथै नेपालको पर्वतीय पर्यटनको प्रचारप्रसार कार्यक्रममा मगरले पु-याउन सक्ने योगदानको कदरस्वरुप संघको तर्फबाट मगरलाई करबाहेक नगद रु एक लाख उपलब्ध गराइने एनएमएका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए।

मगरसहित १० जना नेपाली आरोही समूहले ३८ वर्षपछि शिशिर ऋतु (विन्टर सिजन) मा गत माघ ३ गते (सन् २०२१ जनवरी १६ तारिख) मा पाकिस्तानस्थित केटू को सफलतापूर्वक आरोहण गरी नेपालको राष्ट्रिय झण्डा फहराई विश्व कीर्तिमान कायम गर्न सफल भएका थिए त्यसैगरी एनएमएले केटू प्रथम आरोहण विजेता १० जना विश्व विख्यात कीर्तिमानी आरोहीलाई संस्थाबाट बधाइ, सम्मान तथा हौसला स्वरुप संस्थाको सदस्यता नवीकरण शुल्कमा १० वर्षसम्मको साधारण सदस्यता शुल्क मिनाहा गर्ने निर्णय गरेको संस्थाले आज सद्भावनादूत घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

यसरी छुट गरिएका आरोहीमा निर्मल, पूर्जा मगर, मिङमा ग्याबु शेर्पा, मिग्मा गेल्जे शेर्पा, किलु शेर्पा, सोना शेर्पा, पेमद्धिरी शेर्पा, दाबा तेन्जिङ शेर्पा, गेल्जेन शेर्पा र मिङ्मा तेञ्जी, शेर्पा रहनुभएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad