कारोबार


महासंघको घरेलु तथा साना उद्योग समिति विस्तार

महासंघको घरेलु तथा साना उद्योग समिति विस्तार

नेपालखबर
माघ २०, २०७७ मंगलबार १५:२१,

नेपाल उद्योग वाणिज्य महासंघले घरेलु तथा साना उद्योग समिति विस्तार गरेको छ।

महासंघको कार्यकारिणी समिति सदस्य डिबी बस्नेतकोे सभापतित्वमा गठित समितिको सह–सभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य किशोर आचार्य चयन भएका छन्।

समितिको सदस्यमा महासंघको कार्यकारिणी समिति सदस्य तारानाथ घिमिरे, विजयकुमार साह, सहनलाल प्रधान, शोभाकान्त पराजुली, जमशेर मिया, लालीमान बुढा र पुष्पराज कुँवर छन्।

समितिका विशेष आमन्त्रितमा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे, दोलखा उद्योग वाणिज्य संघका सल्लाहकार पृथ्वीबहादुर श्रेष्ठ, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेल, काभ्रे उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मीलाल राजभण्डारीलगायत छन्।

समिति विस्तार गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘नेपालमा सञ्चालित उद्योगधन्दामा साना तथा मझौलाको अंश लगभग ८६ प्रतिशत छ। अर्थतन्त्रमा करिब २३ प्रतिशत योगदान छ।’

साना तथा मझौला उद्योग व्यवसाय अधिकांश असंगठित क्षेत्रमा रहेकाले कोभिडका कारण यसमा आश्रित १६ देखि २० लाख मानिस प्रभावित भएको भन्दै उनले यस क्षेत्रलाई माथि उठाउन के कस्तो सहयोग आवश्यक छ त्यसमा समितिले गहन अध्ययनसहित सुझाव तयार गर्नुपर्ने बताए ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले घरेलु तथा साना उद्योग मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले के गर्दा यो क्षेत्रको प्रवर्द्धन गर्न सकिन्छ र यस क्षेत्रलाई निर्वाध सञ्चालनमा सहयोग गर्न सकिन्छ भन्ने ध्येयका साथ काम गर्न समितिलाई आग्रह गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad