कारोबार


कामना सेवाले ‘वि च्याट-युनियन पे’ भुक्तानी सेवा सञ्चालनमा ल्यायो

कामना सेवाले ‘वि च्याट-युनियन पे’ भुक्तानी सेवा सञ्चालनमा ल्यायो

नेपालखबर
माघ १८, २०७७ आइतबार १५:२६,

कामना सेवा विकास बैंक र फर्स्ट पे टेक्नोलोजी प्रा.लि.बीच वि च्याट पे र क्यू पे को भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

बैंकले नेपालमा आउने विदेशी पर्यटकलाई लक्षितगदै वि च्याट पे र युनियन पे बाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

यस सम्झौता पश्चात नेपालआउने पर्यटक तथा स्वदेशी ग्राहकहरुले कामना सेवा विकास बैंक लि.सँग आवद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरिद गरे बापतको रकम क्यूआर कोड स्क्यान गरि-गराई वि च्याट पे र यनियन पे को साथै अलिपे, खल्ति, प्रभु पे, क्यूआर पे आईएमई पे स्मार्ट क्यूआर लगायतअन्य ४६ वटा अन्र्तराष्ट्रिय वालेटहरु मार्फत भुक्तानी गर्न सक्ने छन्।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथासुविधा हरु प्रदान गर्दै आएको छ।

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी आस्वा, सोसल बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad