समाज


आज रातिदेखि मंगलबार रातिसम्मको मौसम अनुमान

आज रातिदेखि मंगलबार रातिसम्मको मौसम अनुमान

नेपालखबर
माघ १८, २०७७ आइतबार १४:३५,

नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव कायमै छ भने अहिले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आशिंक बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु कुहिरो लागेको छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

महाशाखाले आइतबार साँझ ६ बजे जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १८ गते आइतबार
राती : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आशिंक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ १९ गते सोमबार
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ २० गते मंगलबार
दिउँसो : देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना साथै तराईका भूभागमा बिहानीपख हुस्सु् कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad