कारोबार


६ महिनामा २ प्रतिशत पनि विकास खर्च गर्दैनन् मन्त्रालय, कुनको कति?

६ महिनामा २ प्रतिशत पनि विकास खर्च गर्दैनन् मन्त्रालय, कुनको कति?

वसन्त अर्याल
माघ ११, २०७७ आइतबार १२:१२,

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय चालू आर्थिक वर्षमा विकास खर्चतर्फ सबैभन्दा कमजोर देखिएको छ।

मन्त्रालयले ६ महिनामा वार्षिक लक्ष्यको जम्मा १.९९ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। १ अर्ब ८४ करोड बजेटमध्ये ४ करोड मात्रै खर्च भएको हो। गत वर्ष ३७ करोड खर्च भएको छ।

६ महिनामा सबैभन्दा बढी पुँजीगत खर्च गर्ने मन्त्रालयमा गृह अगाडि छ। जसको कुल वार्षिक लक्ष्यको तुलनामा २५.४८ खर्च भएको छ। कुल ५ अर्ब ९९ करोड विनियोजित बजेटमध्ये १ अर्ब ५३ करोड खर्च भएको छ।

चालू आर्थिक वर्षको विकास खर्च गत वर्षको तुलनामा १९.६० प्रतिशत घटेको छ।

चालू आर्थिक वर्षको कुल पुँजीगत बजेट ३ खर्ब ५२ अर्ब ९२ करोडमध्ये ५० अर्ब ८२ करोडमात्रै खर्च गर्न सकेको हो। कुल वार्षिक लक्ष्यको १४.४० प्रतिशत खर्च भएको छ। गतवर्षको यही अवधिमा ६३ अर्ब २० करोड खर्च भएको थियो।

अर्थ मन्त्रालयको ९ अर्ब ५५ करोड विनियोजित पुँजीगत बजेटमध्ये ७७ करोड मात्रै खर्च भएको छ। मन्त्रालयले ६ महिनामा ८.०६ प्रतिश बजेट खर्च गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६.३३ प्रतिशत बजेट खर्च गरेका छन्। ४ अर्ब ९० करोड विनियोजित बजेटमध्ये ३१ करोड बजेट खर्च गरेको हो। गत वर्ष यही अवधिमा ६४ करोड बजेट खर्च गरेको थियो।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ५ अर्ब ६ करोड बजेट खर्च गरेको छ। ३६ अर्ब २२ करोड विनियोजित बजेटमध्ये १३.९७ प्रतिशत खर्च भएको हो। गत वर्ष ५ अर्ब ७४ करोड बजेट विनियोजन गरेको थियो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ९.३९ प्रतिशत खर्च भएको छ। ३ अर्ब १५ करोड विनियोजित बजेट मध्ये ३० करोड मन्त्रालयले खर्चगर्न सकेको हो। गतवर्ष २९ करोड बजेट खर्च गरेको थियो।

खानेपानी मन्त्रालयको २४ अर्ब ८२ करोड विनियोजित बजेटमध्ये ९.१६ प्रतिशत खर्च भएको छ। मन्त्रालयले पुसमसान्तसम्म २ अर्ब २७ करोड खर्च गरेको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २५ करोड मात्रै पुँजीगत खर्च गरेको छ। कुल विनियोजित १ अर्ब ९१ करोड पुँजीगत खर्चमध्ये १३ प्रतिशत मात्रै खर्च भएको हो। गतवर्षको सोहि अवधिमा २२ करोड रुपैयाँ खर्च भएको थियो।

परराष्ट्र मन्त्रालय सबै भन्दा कमजोर रहेको छ। १ अर्ब १९ करोड २०७७ पुससम्म जम्मा ५ करोड मात्रै खर्च गरेको छ। गत वर्षको यही अवधिमा २० करोड खर्च गरेको थियो। वार्षिक लक्ष्यको ४.५९ प्रतिशत मात्रै खर्च भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५.६० प्रतिशत मात्रै बजेट खर्च गरेको छ। १५ अर्ब २७ करोड विनियोजित बजेटमध्यै ८५ करोड खर्च भएको छ। गतवर्षको यही अवधिमा १ अर्ब ४२ करोड खर्च भएको थियो।

वन तथा वातावरण मन्त्रालयले ७.४ प्रतिशत खर्च गरेको छ। चालू आर्थिक वर्षमा ४ अर्ब ५४ करोड छुट्टाएकोमा ६ महिनाको अवधिमा ३२ करोड खर्च भएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको २ अर्ब ५५ करोड बजेट छुट्याएकोमा १७ करोड पुँजीगत खर्च भएको छ। गत वर्षको यही अवधिमा २१ करोड खर्च भएको थियो।

भौतिक पूर्वधार तथा यातायात मन्त्रालय १ खर्ब २३ अर्ब ९३ करोड मध्ये ६ महिनामा २२ अर्ब ४ करोड खर्च गरिसकेको छ। कुल वार्षिक लक्ष्यको १७.७९ प्रतिशत खर्च भएको छ। गतवर्ष २५ अर्ब ५ करोड खर्च गरेको थियो।

युवा तथा खेलकुद मन्त्रालयको १९ करोड पूँजीगत बजेट मध्ये १ करोडमात्रै खर्च भएको छ। गतवर्ष १ अर्ब २० करोड खर्च भएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ। वार्षिक प्रगतिको आधारमा ७.१३ प्रतिशत खर्च भएको छ।

रक्षा मन्त्रालयको ६ महिनामा ११.८० प्रतिशत पुँजीगत खर्च भएको छ। ५ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको मध्यै ६७ करोड मात्रै खर्च भएको छ।

सहरी विकास मन्त्रालयको २४ अर्ब ९७ करोड मध्ये कुल विनियोजित बजेटमध्ये ६ अर्ब ११ करोड खर्च गरेको छ। वार्षिक लक्ष्यको २४.४७ प्रतिशत खर्च भएको छ। गतवर्ष ७ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्षको तुलनामा बढी खर्च गरेको छ। गतवर्ष ६ महिनामा ३ करोडमात्रै खर्च गरेको मन्त्रालयले यो वर्ष ६ करोड बजेट विनियोजन गरेको छ। ३८ करोड विनियोजित बजेटमध्ये १५.४७ खर्च भएको छ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ अर्ब ७५ करोड बजेट खर्च गरेको छ। १५ अर्ब ४६ करोड विनियोजित बजेटमध्ये ११.३४ प्रतिशत बजेट मात्रै खर्च भएको हो। गत वर्षको यही अवधिमा १ अर्ब ६६ करोड बजेट खर्च गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad