कारोबार


इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले सुरु गरे एकीकृत सेवा

इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले सुरु गरे एकीकृत सेवा

नेपालखबर
माघ ११, २०७७ आइतबार ८:१७,

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले आइतबारदेखि एकीकृत अपरेसन सुरु गर्ने घोषणा गरेका छन्।

संयुक्त अपरेसनहरू तीन शाखाहरु घण्टाघर, बिर्तामोड र गाईघाटबाट सञ्चालन गरिने बैंकले जनाएको छ।

यी थप तीन शाखाहरूले ग्राहकहरूलाई गुणस्तरीय बैंकिङ सेवाहरू प्रदान गर्ने बैंकको दाबी छ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८६ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरष्कृत भइसकेको छ ।

यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad