सरकारले चालू आर्थिक वर्षको बजेटको लागि २ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ वैदेशिक ऋण लिने अनुमान गरेपनि आकलन गरिएभन्दा अत्यन्तै कम ऋण उठेको छ।
१४ अर्ब ७४ अर्ब रुपैयाँको बजेट अनुमान गरेको सरकारले त्यसको लागि ३ खर्ब रुपैयाँ त वैदेशिक ऋण नै लिने भनेको थियो। बजेट वक्तब्य माफर्त सरकारले
वैदेशिक अनुदान ६० अर्ब ५२ करोड रुपैयाँ ल्याउने भनेको थियो।
तर अहिलेसम्म सरकारले १ खर्ब रुपैयाँ ऋण र १३ अर्ब रुपैयाँ अनुदान मात्रै लिएको छ। आर्थिक वर्षको ६ महिना सकिँदा लक्ष्य भन्दा अत्यन्तै कम रकम भित्रिएको हो।
अबको ६ महिना बजेट अनुसारकै खर्च भएमा सरकारले करिब २ खर्ब रुपैयाँ ऋण सहयता र करिव ४७ अर्ब रुपैयाँ अनुदान सहयोग लिन सक्नुपर्नेछ।
यस्तै, सरकारले २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ।
वैदेशीकको तुलनामा आन्तरिक ऋण भने सरकारले बढी उठाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७-७८ को पाँच महिनामा कुल आन्तरिक ऋण ६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त ऋण ३.५ प्रतिशतले बढेको थियो।
Shares

प्रतिक्रिया